सेयर बजारमा उछाल, बीमातर्फ पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-12-14
सेयर बजारमा उछाल, बीमातर्फ पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन दुवै बीमा उपसूचकमा उछाल आएको छ । आज जीवन बीमा उपसूचक ६६१.६९ अ.कले बढ्दै १२८१६.९४ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६४५.१८ अंकले बढ्दै १०४३५.८३ बिन्दुमा पुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ९.६३ प्रतिशतले बढ्दे प्रतिकित्ता १२३९ रुपैयाँ कायम भयो । त्यस्तै एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ८.०६, ज्योति लाइफ ७.९६, एभरेष्ट इन्स्योरेन्स ७.७९, हिमालयन जनरल ७.६९, प्रुडेन्सियल इन्स्योरेन्स ७.३७, सानिमा जनरल ७.३७ र प्रभु लाइफको सेयरमूल्य ७.०८ प्रतिशतले बढ्यो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा उछाल आयो । साताको तेस्रो कारोबार दिन आज १ः२६ बजे नेप्से परिसूचक ६.०१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लाग्यो । यसअघि १२ः३८ बजे ५।०१ प्रतिशतले बढेको नेप्से परिसूचक पुनः१ प्रतिशतले बढ्दै पोजेटिभ सक्रिर्ट लागेको हो ।  

दोस्रोपटक लागेको सक्रिर्टसँगै आजका लागि सेयर कारोबार स्थगित भएको छ । आज परिसूचक १३७.१८ अंकले बढ्दै २४१८.८५ बिन्दुको उचाईमा पुग्यो । 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो । बैंकिङ उपसूचक ६८.५ अ.कले बढेको आज व्यापार १८०.२८, होटल एण्ड टुरिजम १७३.२६, विकास बैंक ३५८.६८, हाइड्रोपावर १९८.५५, वित्त १६७.७१, उत्पादन तथा प्रशोधन ३०४.७४, अन्य १२८.४२, लघुवित्त २८५.५७, म्युचुअल फन्ड ०.२४ र लगानी उपसूचक ५.५६ अंकले बढ्यो । 

आज ४३ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । आज बजारमा कारोबारमा आएका कुनै पनि कम्पनीको सेयरमूल्यमा गिरावट आएन । 
यो दिन नबिल बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको ९ करोड बढीको सेयर कारोबार भयो ।     


Share this with your friends: