सेयर बजारमा उछाल,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-09
सेयर बजारमा उछाल,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३७९.७७ अंकले उकालो लाग्दै १२५१९.४३ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९५.११ अंकले बढ्दै १५१६२.२४ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ७.६२ प्रतिशतले बढ्दै प्रतिकित्ता ६५० रुपैयाँ कायम भयो।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आयो। परिसूचक ७३.०१ अंकले बढ्दै २७६५.४७ बिन्दुको उचाइमा पुग्यो। यो दिन बजारमा २३९ बीमा कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ३५.०३ अंकले बढेको आज व्यापार उपसूचक१७१.२५,होटल एण्ड टुरिजम ५.२३, विकास बैंक २५७.१, हाइड्रोपावर १४८.१८, वित्त ११५.६३, उत्पादन तथा प्रशोधन १३६.९९, अन्य ६२.७९, लघुवित्त ७०.४५, म्युचुअल फन्ड ०.२१ र लगानी उपसूचक ३.४७ अंकले बढ्यो। 

आज दुईवटा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। आज नेपाल हाइड्रो डेभलपर्स र हिमालयन उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै युनियन हाइड्रोपावरको सेयरमूल्य ९.९८, मध्यभोटेकोशी ९.९७,न्यादि हाइड्रोपावर ९.४१ र प्रोग्रसिभ फाइनान्सको सेयरमूल्य ९.३३ प्रतिशतले बढ्यो। 

आज मिथिला लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो संस्थाको सेयरमूल्य १.२७ प्रतिशतले घट्यो। 

यो दिन अपि पावरको सर्वाधिक सेयर कारोबार भयो। आज अपि पावरको २९ करोड बढीको सेयर कारोबार भयो। यसैगरी प्रभु बैंकको २० करोड ८६ लाख र अपर तामाकोशीको २० करोड १५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: