सेयर बजारको गिरावट कायमै,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-18
सेयर बजारको गिरावट कायमै,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३४२.३७ अंकले घट्दै १०७२०.१४ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि २६३.९६ अंकले ओरालो लाग्दै १२६८७.२४ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ५.२१ प्रतिशतले घट्दै प्रतिकित्ता १६१०५ रुपैयाँ कायम भयो। यसैगरी प्रडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ५.०४,लुम्बिनी जनरलको ४.६१ र सानिमा लाइफको सेयरमूल्य ४.१४ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४१.७७ अंकले घट्दै २३४३.८७ बिन्दुमा सीमित भयो। यो दिन २२९ कम्पनीका ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५६ रुपैयाँका कारोबार भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक १६.५४ अंकले घटेको आज व्यापार ११.७९,होटल ४९.७१,विकास बैंक ६९.१,हाइड्रो ८०.३,वित्त ६२.०१,उत्पादन तथा प्रशोधन ९३.४४,अन्य ५२.५१,लघुवित्त ३६.२२,म्युचुअल फन्ड ०.११ र लगानी उपसूचक १.५७ अंकले घट्यो। 

आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने दिव्यश्वरी हाइड्रोपावरको ७.९८,जाल्पा सामुदायिक लघुवित्त ६.०९ र कालिका लघुवित्तको सेयरमूल्य १.३८ प्रतिशतले बढ्यो। 

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ८.३३ प्रतिशतले घट्यो। 

यो दिन नबिल बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज नबिल बैंकको ४ करोड ९६ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: