काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १३.९७१ प्रतिशत लाभांस प्रस्ताव गरेको हो।
सञ्चालक समितिको बैठकले चुक्तापुँजि ३४ करोड १६ लाख १२ हजार रुपैयाँको कुल १३.९७१ प्रतिशतले हुन आउने ४ करोड ५३ लाख ४२ हजार १७७ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १३.२७३ प्रतिशतले हुन आउने ४ करोड ५३ लाख ४२ हजार १७७ रुपैयाँबराबरको बोनस सेयर र ०.६९८ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरिएको छ।
यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिनेछ।