स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन

2021-02-28
स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १२.३९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता रु.१३१५ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता रु.१४७८ रुपैयाँ कायम थियो । 

स्वरोजगार लघुवित्तले गत आर्थिक वर्षका लागि १२.३९ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत गरी कुल १३.०४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीलाई वितरण गरिनेछ । 

 


Share this with your friends: