काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षक लागि लाभांस प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि साविकको जनकपुर लघुवित्त प्राप्तिपश्चात प्राप्त भएको पूजीगत जगेडा कोष तथा आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट वित्तीय संस्थाका सेयरधनीहरुलाई २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँबराबरको बोनस सेयर रहेको छ ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।