स्वावलम्बन लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2021-11-30
स्वावलम्बन  लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो पुस १५ गते बिहिबारका दिन काठमाण्डौ गैरिधारामा रहेको एलिस रिसेप्सनमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ९४ करोड ३० लाख रुपैयाँको १९ प्रतिशतले हुन आउने १७ लाख ७१ हजार ७ सय कित्ता बोनस सेयर र ६ प्रतिशतले हुने आउने ५ करोड ६५ लाख ८० हजार रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।  

सभामा समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। 

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: