स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2021-12-21
स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११००.८४ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १३१० रुपैयाँ कायम थियो । 

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ का लागि १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस संस्थाको आगामी पुस १५ गते आयोजना हुने २० औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: