स्वावलम्बन लघुवित्तको महाप्रबन्धकमा चापागाई नियुक्त

2021-07-07
स्वावलम्बन लघुवित्तको महाप्रबन्धकमा चापागाई नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको महाप्रबन्धकमा गोविन्द चापागाई नियुक्त भएका छन् । 

संस्थाको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी एक वर्षका लागि महाप्रबन्धक पदमा नियुक्त भएका हु्न् । उनी असार २१ गतेदेखि संस्थामा हाजिर भएको संस्थाले जनाएको छ । 


Share this with your friends: