स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बाँडफाँड

2021-07-19
स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बाँडफाँड

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएको छ । 
लिलामीमा राखिएको बैंकको स्वामित्वमा रहेको संस्थाको ४ हजार कित्ता संस्थापक सेयर बाँडफाँड गरिएको हो । 

हिमालयन बैंकको स्वामित्वमा रहेको संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक सेयर गत जेठ २६ गतेदेखि असार २९ गतेसम्म लिलामीमा राखिएको थियो । उक्त सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक, वा जो कोहि व्यक्ति तथा संघ संस्थाहरुबाट बोलपत्र आह्वान गरिएको थियो । 
बाँडफाँड सम्बन्धि जानकारी धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखि हेर्न सकिने जनाइएको छ । 


Share this with your friends: