स्वास्थ्य बीमा बोर्डद्वारा बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनुरोध

2022-01-19
स्वास्थ्य बीमा बोर्डद्वारा बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनुरोध

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनुरोध गरेको छ । 

बोर्डले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी उल्लेख गरे बमोजिम स्वास्थ्य बीमा ऐन २०७४ को दफा (३) को उपदफा (४) मा बैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने व्यवस्था बमोजिम बीमा गराउन अनुरोध गरेको हो । 

बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बीमा नियमावली २०७५ एवम वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि २०७८ अनुसार बैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यमा आवश्यक सहयोग,सहजीकरण एवम सम्न्वय गराउन आग्रह गरेको हो ।  


Share this with your friends: