स्विस रि र बाइडुबीच स्वचालित सवारीका लागि बीमा योजना विकास गर्ने सहमति

2021-11-22
स्विस रि र बाइडुबीच स्वचालित सवारीका लागि बीमा योजना विकास गर्ने सहमति

काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमा कम्पनी स्विस रि र चीनियाँ टेक कम्पनी बाइडुबीच स्वचालित सवारी उद्योगका लागि बीमा योजना विकास गर्ने सहमति बनेको छ ।

स्विस रि र बाईडुबीच भएको सहमतिको उदेश्य बीमा सुरक्षा र जोखिम व्यवस्थापन अनुसन्धानलाई प्रवद्धन गरेर स्वचालित सवारी उद्योगलाई थप विकास गर्नु रहेको छ । यसले स्विस रि जस्ता पुनर्बीमकहरुलाई प्राविधिक कम्पनीहरुको आवश्यकताहरु परिपुर्ति गर्नका लागि स्वचालित सवारी बीमा योजनाहरु विकास गर्न सहयोग पुर्याउने स्विस रिले जनाएको छ । 

यो सहमतिको आर्थिक विवरणहरुका बारेमा भने केहि पनि खुलाइएको छैन । 

स्विस रि र बाईडुबीच भएको यो सहमतिले स्वचालित सवारीको सम्पूर्ण पक्षहरुलाई समेट्ने गरी बीमा योजनाहरु विकास गर्नेछ । जसमा जोखिमका कारक तत्व, मूल्य निर्धारण र दाबी तथा अन्डरराईटिङ डेटा स्ट्याण्डर्डको चयन समावेश हुनेछन् । 

‘नयाँ जोखिम पुललाई समेट्ने र स्विस रिको जोखिम व्यवस्थापन विशेषज्ञता र नवीन क्षमतामार्फत सुरक्षा खाडललाई कम गर्ने स्विस रिको प्रयासमा बाईडुसँगको हाम्रो सहकार्य कोसेढुंगाका रुपमा रहेको छ ।’ रिइन्स्योरेन्स एशिया एण्ड रिजिनलका सीईओ रसेल हिगिनबोथामले भने । 

यो सहमति मुख्य रुपमा ‘अटोनोमस भ्यालेट पार्किङ इन्स्योरेन्स’ लन्च गर्न केन्द्रित हुनेछ । जुन अपोलो भ्यालेट पार्किङ(एभिपी)का लागि स्वचालित सवारी उद्योगको पहिलो बीमा योजना हो । 

स्वचालित सवारीले बीमा उद्योगका लागि नयाँ चुनौतिहरु थपिदिएको छ । तीव्र प्राविधिक विकास, बढ्दो विविधिकृत जोखिमहरु र डेटाको सीमित उपलब्धता बीमा उद्योगका लागि चुनौतिका रुपमा देखिएका छन् ।  

 


Share this with your friends: