स्वेज नहरमा फसेको जहाजको बीमकले करडौ डलरको दाबी भुक्तानीको सामना गर्नुपर्ने

2021-03-29
स्वेज नहरमा फसेको जहाजको बीमकले करडौ डलरको दाबी भुक्तानीको सामना गर्नुपर्ने

काठमाण्डौ । स्वेज नहरमा विशाल जहाज फस्दा निर्मित अवरोधका कारण जहाजका मालिक र जहाजका बीमकले करडौ डलरको दाबी भुक्तानीको सामना गर्नु गर्नुपर्ने भएको छ। जहाजका कारण उत्पन्न भएको अवरोध आंशिक रुपमा खुला भएपनि जहाजका मालिक र बीमकले दाबी भुक्तानीको सामना गर्नु पर्ने भएको हो। 

गत मंगलबार बिहान स्वेज नहर भएर यात्रा गरिरहँदा आधिँ र तीव्र वायुको वेगले ४ सय मिटर लामो र २ लाख २४ हजार टन तौल भएको जहाज फस्न पुगेको थियो। जसका कारण विश्वभरको व्यापार परिवहनमा केहि दिन अवरोध सिर्जना भएको थियो। 

जहाजको मालिकको रुपमा रहेको जापानी कम्पनी सोयल किसेन केके तथा बीमा कम्पनीले अवरोधका कारण आम्दानीमा आएको कमीका लागि स्वेज केनल अथोरिटी(एससीए)बाट र यात्रामा अवरोधका कारण भएको घाटामा लागि अन्य जहाज कम्पनीहरुबाट दाबी भुक्तानी पर्नसक्ने बीमक तथा ब्रोकरले जनाएका छन्। 

स्वेज नहरमा जहाज अड्किएपछि कम्तीमा ३० वटा जहाज उत्तरतिर र ३ पटा दक्षिणतिर फसेका छन्। 

विश्लेषक कम्पनी केप्लरका अनुसार यो अवरोधका कारण कच्चा तेल तथा प्रशोधित तेल बोकेका २० वटा पानी जहाज नराम्ररी प्रभावित भएका छन्। एलियान्ज ग्लोबल कर्पोरेट एण्ड स्पेसीयालीटीमा म्यारिन रिक्स कन्सल्टेन्टका रुपमा रहेका राहुल खन्नाले अवरोधका कारण नहरमा पुगेका क्षतिका लागि समेत दाबी भुक्तानी पर्न सक्ने बताए। एससीएले सार्वजनिक गरेको फोटोमा नहरको किनारमा पत्थर निकालेको तथा खनिरहेको दृश्य देखिएको थियो। 

 


Share this with your friends: