स्वेज नहरमा फसेको जहाजको मालिक,बीमक र नहर प्राधिकरणबिच सहमति

2021-06-24
स्वेज नहरमा फसेको जहाजको मालिक,बीमक र नहर प्राधिकरणबिच सहमति

काठमाण्डौ । स्वेज नहरमा फसेको जहाजले पुर्याएको क्षतिको दाबी भुक्तानीका विषयमा सहमति बनेको छ। बुधबार जहाजका मालिक,  बीमक र स्वेज नहर प्राधिकरणका बीच दाबी भुक्तानीका विषयमा सहमति बनेको हो। 

तीन पक्षबिच भएको सहमतिलाई अन्तिम रुप दिने तयारी भईरहेको बताइएको छ। सम्पूर्ण प्रक्रियाहरु पुरा भएपछि लामो समयदेखि स्वेज नहर प्राधिकरणको कब्जामा रहेको जहाज(इभर ग्रिन) अब चाडो नै मुक्त हुनेछ।  

विश्वको सबैभन्दा लामो कन्टेनर जहाजमध्ये एक ‘द इभर ग्रिन ’ नामक पानी जहाज गत मार्च २३ गतेदेखि ६ दिनसम्म स्वेज नहरमा फसेको थियो। जसका कारण नहर भएर आँउजाँउ गर्ने दुवै तर्फको ट्राफिक बन्द भएको थियो। 

जहाजले नहरमा पुर्याएको क्षति र जहाजका कारण भएको घाटाहरुको क्षतिपूर्तिका विषयमा सहमति बन्न नसकेपछि मार्च २९ गतेदेखि जहाजलाई स्वेज नहर प्राधिकरणले नहरमा रहेको तालमा ग्राउन्डेड गरेको थियो। 

प्राधिकरणले जहाज हटाउन लागेको खर्च, यो घटनाका कारण प्रतिष्ठा–साखँमा पुगेको क्षति र आम्दानीमा भएको घाटाका लागि ९१६ मिलियन अमेरिकी डलरको क्षतिपूर्तिको माग गर्दै आएको थियो। तर अहिले प्राधिकरण यसलाई घटाउदै ५५० बिलियन डलरमा झार्न सहमत भएको छ। 

स्वेज नहरमा फसेको जहाजको मालिक‘सोई किसे’ र बीमक(युके पी एण्ड आई)ले क्षतिपूर्ती र जहाजलाई बन्धि बनाउने इजिप्टको अदालतयको निर्णयको विरोध गर्दै आईरहेका थिए। 

४०० मिटर लामो इभर ग्रीन जहाजलाई हटाउन ६ दिन लागेको थियो। यस अवधिमा स्वेज नहर प्राधिकरणले दैनिक रुपमा १२ देखि १५ मिलियन अमेरिकी डलर घाटा व्यहोरेको जनाएको छ।

स्वेज नहर विश्वको १५ प्रतिशत सिपीङ ट्राफिकको ट्रान्जिटका रुपमा रहेको छ। यो नहर इजिप्ट सरकारका लागि विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोतका रुपमा रहेको छ।  

 


Share this with your friends: