हंकगंको बीमा कम्पनी एआईए गुप्रको नयाँ व्यापारमा ३७%को गिरावट, एशियाका अधिकांस कम्पनी प्रभावित

2020-08-23
हंकगंको बीमा कम्पनी एआईए गुप्रको नयाँ व्यापारमा ३७%को गिरावट, एशियाका अधिकांस कम्पनी प्रभावित

काठमाण्डौ । यो वर्षको पहिलो ६ महिनामा हंकंगको बीमा कम्पनी एआईए गुप्र लिमिटेडको नयाँ बिजनेशमा ३७ प्रतिशतको कमी आएको छ। कोरोना महामारीका कारण कम्पनीको प्रडक्टहरुको बिक्रिमा कमी आएपछि यसको असर कम्पनीको व्यापारमा देखिएको कम्पनीले जनाएको छ। कम्पनीको मूख्य बजारको रुपमा हंकंग र चीन रहेका छन्। 

यतिबेला विश्वभरका बीमाकर्ताहरु महामारीले निम्त्याएको यात्रा, व्यापारमा अवरोध र इभेन्टस्हरु रद्धसंग सम्बन्धित दाबी भुक्तानीबाट नराम्ररी प्रभावित बनेका छन्। त्यस्तै अर्थतन्त्रमा आएको सुस्तता र बढ्दो बेरोजगार दरले जीवन बीमाको मागमा समेत कमी आएको छ। 


आफ्नो प्रडक्टहरु बिक्रि गर्नका लागि एसियाका बीमा कम्पनीहरु मुख्यगरि एजेन्टमा निर्भर रहने गर्दछन्। कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउन र सामाजिक दुरीका कारण एजेन्ट मार्फत प्रडक्टहरु बिक्रि गर्ने प्रक्रियामा प्रभावित बन्न पुगेको छ। 

महामारीका कारण ६ महिनामा एआईएको अनुमानित मुनाफा १.४१ बिलियन डलरले घटेको छ। एआईएमा विश्वव्यापी रुपमा चीन र हंकंगले नयाँ व्यापारमा लगभग आधि हिस्सा ओगट्ने गर्दछन्। 

कम्पनीले हंकंगबाट नयाँ व्यापारमा ६८ प्रतिशतको कमी आएको र चीनबाट १३ प्रतिशतको कमी आएको जनाएको छ। 

दुई ठूला बजार चीन र हंकंगबाट इन्स्योन्स प्रडक्टको मागबाट लामो समयदेखि लाभान्वित बन्दै आएको कम्पनीको व्यापारमा सरकारी विरोधि प्रर्दशन र हंकंगको अर्थतन्त्रमा आएको गिरावटका कारण पछिल्ला त्रैमासदेखि भने सुस्तता आएको छ। 


Share this with your friends: