हकप्रदका लागि एक्सेल डेभलपमेन्ट बैंकद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

2021-09-08
हकप्रदका लागि  एक्सेल डेभलपमेन्ट बैंकद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले हकप्रद निष्कासनका लागि आगामी असोज १ गते शुक्रबारका दिन सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । बैंकले चुक्तापूँजीको ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । 

बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत साउन ३१ गते २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको थियो ।


Share this with your friends: