हिमालयन बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-12-28
हिमालयन बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस १४ गते)देखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न योग्य ठहरिनेछन्। 

बैंकको गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आउँदो पुस २७ गते आयोजना हुन गईरहेको बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: