हिमालयन डिस्ट्रलरीको सेयरमूल्य समायोजन

2021-01-01
हिमालयन डिस्ट्रलरीको सेयरमूल्य समायोजन

काठमाण्डौ । हिमालयन डिस्ट्रलरी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ५० प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३५२० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको कोल्जीङ मूल्य प्रतिकित्ता ५२८० रुपैयाँ कायम थियो। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट कम्पनीका सेयरधनीलाई चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर(कायम दुई सेयरमा एक बोनस सेयर) र प्रति सेयर रु.५० का दरले हुन आउने नगद लाभांस(कर प्रयोजनार्थ समेत) वितरणको प्रस्ताव गरेको छ। 

कम्पनीले आज पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले हिजोसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन्। यो लाभांस पुस २९ गते आयोजना हुन गईरहेको कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: