काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैंकको हिजो(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले आ.व २०७६÷७७ का लागि कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित कुल २० प्रतिशत लाभांसमध्ये १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस रहेका छन्।
बैंकद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गरिनेछ।