नेप्सेमा ५ कम्पनीको ३४ लाख बढी बोनस सेयर सूचीकृत

2021-08-06
नेप्सेमा ५ कम्पनीको ३४ लाख बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ५ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नाडेप लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, मिथिला लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र रिलायन्स फाइनान्स लिमिटेडको कुल ३४ लाख बढी बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा नाडेप लघुवित्तको ३ लाख ६८ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५.६०, १ लाख ४६ हजार ०८९.०१, फरवार्ट माइक्रोफाइनान्स १२ लाख ५१ हजार ०३८.५० र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६.०६ कित्ता गरी कुल ३४ लाख १८ हजार ६८९.१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 


Share this with your friends: