‘एनआईबीएल समृद्धि फन्ड–२’का १२ करोड इकाईहरु नेप्से सूचीकृत

2021-06-25
‘एनआईबीएल समृद्धि फन्ड–२’का १२ करोड इकाईहरु नेप्से सूचीकृत

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ का इकाइहरु नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत वैशाख १३ गतेदेखि बिक्री खुला गरिएको ‘एनआईबीएल समृद्धि फन्ड–२’ का १२ करोड इकाइ नेप्सेको असार ९ गतेको निर्णयअनुसार सूचीकृत भएको हो । असार ११ गते नेप्से र एनएमबि क्यापिटलबीच सूचीकरण सम्झौता भएको हो ।  

नेप्सेले यो म्युचुअल फन्डलाई दास्रो बजार कारोबारकका लागि ‘एनआईबीएसएफ२’ कोड प्रदान गरेको छ । 

यो योजनाका इकाईको सार्वजनिक निष्कासन गत वैशाख १३ गतेदेखि गरिएको थियो भने यसको बाँडफाँड कार्य वैशाख २४ गते सम्पन्न गरिएको थियो । 
नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा यो योजनाका इकाइहरुको कारोबार आइतबारदेखि हुनेछ । 


Share this with your friends: