‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को सार्वजनिक निष्कासन आजदेखि

2022-06-02
 ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को सार्वजनिक निष्कासन आज(जेठ १९ गते)देखि गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये कुल बिक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई आम सर्वसाधारणको बिक्रीका लागि खुला गरिएको हो । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २४ गते र ढिलोमा असार २ गते बैंकिङ समयपछि हुनेछ ।


Share this with your friends: