काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड १ ’का इकाइहरुको बाँडफाँड गरिएको छ । गत भदौ ४ गतेदेखि बिक्री खुला गरिएको ‘मेगा म्युचुअल फन्ड १ का इकाइहरुको बाँडफाँड गरिएको हो ।
उक्त फन्डमा मागभन्दा बढी रकमका लागि आवेदन परेकाले प्रचलित कानुनबमोजिम योजनाको आकारमा २५ प्रतिशत थप गरी १ अर्ब २५ करोड रुपैयाँबराबरको १२ करोड ५० लाख इकाइ कायम गरी रितपूर्व आवेदन परेका इकाईहरु भदौ २३ गते बाँडफाँड गरिएको हो ।
उक्त बाडँफाँड सम्बन्धि विवरण सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट सञ्चालित www.meroshare.cds.com.np वा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइट www.megacapitalmarkets,com बाट हेर्न सकिने मेगा क्यापिटलले जनाएको छ ।
मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा क्यापिटल मार्केट्स योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत भदौ ४ गतेदेखि १० गतेसम्म निष्कासन गरिएको थियो ।
प्रति इकाइ मुल्य रु,१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको थियो ।