मध्यभोटेकोशी जलविद्युत कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि पुनः आइपीओ निष्कासन

2021-07-20
मध्यभोटेकोशी जलविद्युत कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि पुनः आइपीओ निष्कासन

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि आज(साउन ५ गतेदेखि) पुनः आईपीओ निष्कासन गरेको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि गत बैशाख २१ गतेदेखि ६० लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । तर कोरोना संक्रमण वृद्धि भएको भन्दै कम्पनीले गत वैशाख २४ गतेदेखि आईपीओ निष्कासन कार्य बन्द गरेको थियो । 
अहिले पुनः कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका वडा न. ५ र ६(साविक गाति गाविस)तथा बाह्रबिसे नगरपालिका वडा न. ७ र ८(साविक घुम्पाङ गाविस र साविक मानेश्वरा गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। 


आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि पुनः निष्कासन गरिएको आईपीओमा छिटोमा साउन १७ गतेभित्र र ढिलोमा साउन ३२ गतेभित्र आवेदन दिनुपर्नेछ। यो आईपीओमा न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि खरिद आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासन छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गते बैंकिङ समयपश्चात बन्द हुनेछ।

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत वैशाख ५ गते अनुमति पाएको थियो। बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।  पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेपछि कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।


Share this with your friends: