माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

2021-08-09
माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार ३१ गतेदेखि साउन १४ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ ८.५०% माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र साउन २४ गते आइतबारका दिन बाँडफाँड गरिएको हो । 


रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

माछापुच्छ्रे बैंकले गत असार ३१ गतेदेखि साउन १४ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । सर्वसाधारणका लागि निष्कासन गरिएको १२ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । 


Share this with your friends: