प्रुडेन्सियल क्यापिटलद्वारा ४ कम्पनीको संस्थापक सेयर लिलामीमा

2021-08-27
प्रुडेन्सियल क्यापिटलद्वारा ४ कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा राखिएको हो । 

प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाइफको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ७० हजार कित्ता गरी कुल २ लाख ५ हजार कित्ता सेयर लिलामीमा राखिएको छ । 

यी सेयरहरु खरिद गर्नका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 
ुप्रभु बैंकको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५, नेशनल लाइफको ४३७, नेपाल ग्रामिण विकास लघुवित्तको ४५५, प्राइम कमर्सियल बैंकको २०८ रुपैयाँ निर्धारण गरिएको छ । 

लगानीकर्ताले सबै ४ वटा कम्पनीको सेयर खरिदका लागि न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेडमा आईपुग्ने गरी भदौ २५ गतेसम्म बोलपत्र आवेदन दिनुपर्नेछ । 


Share this with your friends: