माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

2021-09-09
माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ २३ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। 

यससँगै आज(भदौ २४ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। 

बैंकले गत असार ३१ गतेदेखि साउन १४ गतेसम्म ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । 

यो ऋणपत्रको कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। सर्वसाधारणका लागि निष्कासन गरिएको १२ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । 


Share this with your friends: