काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्मको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत नगद लाभांस(कर समेत)वितरणको प्रस्ताव गरेको हो ।
बैंकद्वारा प्रस्तावित यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।