माछापुच्छ्रे बैंकद्वारा लाभांस प्रस्ताव

2021-09-23
माछापुच्छ्रे बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्षू २०७७/७८ को खुद मुनाफाबाट चुक्तापूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैंकद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

 


Share this with your friends: