काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १८ गते बसेको सञ्चाल समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आपर्थक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफबाट कुल चुक्तापूँजी २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा कुल चुक्तापूँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको बोनस सेयर र १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।