चुनौतिहरुले एसियाका पुनर्बीमाकर्ताहरुलाई अवसर सिर्जना गर्दै

2020-09-14
चुनौतिहरुले एसियाका पुनर्बीमाकर्ताहरुलाई अवसर सिर्जना गर्दै

काठमाण्डौ । विशाल र विविध क्षेत्रको रुपमा रहेको एसिया प्रशान्त क्षेत्र, जहा राष्ट्रहरु विकासको विभिन्न चरणमा रहेका छन् त्यँहा कोरोना महामारीको रोकथामका लागि चालिएका कडा नियमहरुले अहिले सम्म पुर्नबीमा कम्पनीहरुको दैनिक व्यवसायमा न्युनतम अवरोध सिर्जना गरेको छ। यस्तै अहिले सम्मको अवस्थामा महामारीसंग सम्बन्धित दावीहरुपनि सिमित मात्रामा मात्रै देखिएको छ। 

कोरोनाका महामारीका कारण यो क्षेत्रको पुनर्बीमा उद्योगमा अवश्य पनि केहि प्रभाव त परेको छ नै। केहि सिमित एसियालि पुर्न बीमा कम्पनीहरुबाट उपलब्ध तथ्यांकका आधारमा सन् २०१९ मा प्रिमियम १० प्रतिशतभन्दा धेरैले वृद्धि भएको देखिएको छ र यो सन् २०२० मा पनि दोहोरिने सम्भावना कम रहेको छ। यस क्षेत्रका सबै सेक्टरका व्यक्ति र व्यवसायहरुले महामारी सहज नभएसम्मका लागि आफ्नो बेल्ट कसिरहेका छन्। 

तर महामारीका कारण दैनिक जीवनमा आएको अवरोधले धेरैजसो मानिसहरुलाई बीमाको फाइदामा केन्द्धीत गरेको छ। जुन परम्परागत रुपमा पेनीन्ट्रेसनका कारण प्रभावित बन्ने गरेको थियो। एमिया क्षेत्र(युरोप, मध्य पूर्व र अफ्रिकाको जनसंख्या भन्दा लगभग चार गुणा धेरै जनसंख्या भएको एसिया क्षेत्रको निर्जीवन बीमा प्रिमियममा अमेरिकी डलरको मूल्य भने सन् २०१९ मा न्युन देखिएको थियो। तर जापान र चीनले भने प्रशंसीय संख्यामा प्रभुत्व जमाएको तथ्यांकले देखाएको छ। 

विज्ञहरुले यस क्षेत्रका पुर्न बीमाकर्ताहरुका लागि ठूलो अवसर रहेको बताएका छन्। पुर्न बीमा कम्पनीहरु आर्थिक रुपमा विकसीत हुदै गइरहेको र सर्मथन र मूल्य जोड्नका लागि आफ्नो क्षमता प्रर्दशन गरेकाले पुर्न बीमा उद्योग धेरैजसो बजारमा विस्तार हुने बताएका छन्। 

बढ्दो फोकसका पर्ने यस क्षेत्रको सुरक्षा तत्वमा प्राकृतिक विपत्ति र अवरोधले निम्तयाउने विनाश कभरको सम्भावना धेरै रहेको छ। 

एसियाले सन् २०१९ मा प्राकृतिक प्रकोपबाट भएको आर्थिक नोक्सानमा विश्वको सबैभन्दा ठूलो हिस्सा ६६ बिलियन डलर अर्थात ४५ प्रतिशत हिस्सा ओगटेको थियो। जापानमा आएको आधिँले बितेका दुई आर्थिक वर्षमा २४ बिलियन डलरभन्दा धेरै घाटा निम्त्याएको थियो। यसका साथै यो वर्ष दक्षिणी चीनमा आएको बाढीले जुलाई १० सम्म १० बिलियन डलरको घाटा निम्त्याएको छ। 

प्राकृतिक प्रकोपका घटनाहरुले निम्त्याउने विनाशमा बढोत्तरी आएपछि श्रिलंका र अष्ट्रेलिया सहित यस क्षेत्रमा पुर्न बीमाकर्ताको मागमा व्यापक वृद्धि आएको छ। 

तथापि राम्रो पुँजिकरणको अवस्थामा रहेकाले कोरोना महामारी र प्राकृतिक प्रकोपका दावीले निम्त्याएको घाटा कम गर्न एसियाका पुर्नबीमा कम्पनीहरु बलियो स्थानमा रहेका छन्। किनकि केहि वर्ष यता कम्पनीहरुले पुँजि व्यवस्थापन र बिल्डीङ बफरहरुमा गम्भिर भएर ध्यान दिन थालेका छन्। 

यो गतिविधि जारी छ र कम दर भएको वातावरणमा उच्च प्रतिफलको खोजिका लागि लगानी पोर्टफोलियो जोखिमपूर्ण सम्पत्तिमा सिफ्ट भइरहेका छन्। यो क्षेत्र कन्जरभेटीभ भएकाले यो कदम आक्रामक नहुने विज्ञहरु मान्दछन्। यसका साथै सुस्त व्यवसायिक वृद्धिका कारण बीमाकर्ताहरुले अतिरिक्त पुँजि इन्जेक्ट गर्न आवश्यक हुन्छ। जसले कम्पनीहरुलाई केहि सहज अवस्था सिर्जना गर्नुका साथै लगानी जोखिम कम गर्ने आवश्यकताबाट बचाउने गर्दछ।


Share this with your friends: