मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-11-24
मेरोमाइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २१.०५२६ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनी मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

संस्थाले आ.व २०७७/७८ का लागि २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । 

संस्थाको नवौँ वार्षिक साधारण सभा आगामी मंसिर २४ गते आयोजना हुन गईरहेको छ।


Share this with your friends: