नेप्सेद्वारा चार कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-22
नेप्सेद्वारा चार कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चारवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले छिमेक लघुवित्त, गणपति फाइनान्स, एनएमबी बैंक र नेपाल एसबीआई बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले छिमेक लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२४०.०८, गणपति लघुवित्तको ११७४.७९, एनएमबी बैंक ३३६.३६ र नेपाल एसबीआई बैंकको ३४४.८३ रुपैयाँ निर्धारण गरेको छ । 

अघिल्लो कारोबार दिन छिमेक लघुवित्तको सेयरमूल्य १५७४.९०, गणपति लघुवित्त १३९८, एनएमबी बैंक ३७८.४० र नेपाल एसबीआईको सेयरमूल्य ३५६.९० रुपैयाँ थियो ।  


Share this with your friends: