नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2021-12-27
नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले विजय लघुवित्त, एनसीसी बैंक, र महुली लघुवित्तद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले विजय लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२७२.१८, एनसीसी बैंकको २६३.४३, र महुली लघुवित्तको १५०२.३८ रुपैयाँ निर्धारण गरेको छ । 

अघिल्लो कारोबार दिन विजय लघुवित्तको सेयरमूल्य १५२७, एनसीसी बैंक २८४.५०, र महुली लघुवित्तको सेयरमूल्य १८९३ रुपैयाँ थियो ।  


Share this with your friends: