नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2021-12-28
नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त, र नेपाल हाइड्रो डेभलपर्सद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले महालक्ष्मी विकास बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७०.३३, निर्धन उत्थान लघुवित्तको १२००.७७, र नेपाल हाइड्रो डेभलपर्सको ३६५.४२ रुपैयाँ निर्धारण गरेको छ । 

अघिल्लो कारोबार दिन महालक्ष्मी विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ५६४.४०, निर्धन उत्थान लघुवित्तको १५५५, र नेपाल हाइड्रो डेभलवर्सको सेयरमूल्य ३९१ रुपैयाँ थियो ।  


Share this with your friends: