नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2021-12-29
नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त, र मितेरी डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११०४.७२, उन्नती सहकार्य लघुवित्तको १४८८.४६, र मितेरी डेभलपमेन्ट बैंकको ४४३.०७ रुपैयाँ निर्धारण गरेको छ । 

अघिल्लो कारोबार दिन नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२८७, उन्नती सहकार्य लघुवित्तको १९३५, र मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५०२ रुपैयाँ थियो ।  


Share this with your friends: