नेप्सेद्वारा ५ कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2021-12-30
नेप्सेद्वारा ५ कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पाँचवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज चिलिमे हाइड्रोपावर कम्पनी,इन्फिनिटी लघुवित्त,मन्जुश्री फाइनान्स,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र समिट लघुवित्तको सेयरमूल्य समायेजन गरेको हो ।  

नेप्सेले चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४६७.८१, इन्फिनिटी लघुवित्तको १३०७.७५, मन्जुश्री फाइनान्सको ६७०.७१, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५११.४३ र  समिट लघुवित्तको ११६५.३४ रुपैयाँ निर्धारण गरेको छ । 

अघिल्लो कारोबार चिलिमे हाइड्रोपावरको सेयरमूल्य प्रतिकित्ता ५०२.९०, इन्फिनिटी लघुवित्तको १६७०, मन्जुश्री फाइनान्सको सेयरमूल्य ९३९,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५३७ र  समिट लघुवित्तको सेयरमूल्य १४६० रुपैयाँ थियो ।  


Share this with your friends: