नेप्सेद्वारा ५ कम्पनीको सेयरमूल्य समायेजन,प्रतिकित्ता कति ?

2021-12-31
नेप्सेद्वारा ५ कम्पनीको सेयरमूल्य समायेजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पाँचवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज कृषि विकास बैंक,फरवार्ड लघुवित्त,गुडविल फाइनान्स,हिमालयन डिस्टिलरी र नबिल बैंकको सेयरमूल्य समायेजन गरेको हो ।  

नेप्सेले कृषि विकास बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४१०, फरवार्ड लघुवित्तको १९६२.९६, गुडविल फाइनान्सको ५३३.४६, हिमालयन डिस्टिलरीको ३९२५.७१ र नबिल बैंकको १०८५.३३ रुपैयाँ निर्धारण गरेको छ । 

अघिल्लो कारोबार कृषि विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ४९२, फरवार्ड लघुवित्तको २६५०, गुडविल फाइनान्सको सेयरमूल्य ५८२,हिमालयन डिस्टिलरीको ६८७० र नबिल बैंकको सेयरमूल्य १४५० रुपैयाँ थियो ।  


Share this with your friends: