नेप्सेद्वारा ६ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2022-01-03
नेप्सेद्वारा ६ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले छ वटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज हिमालयन बैंक, कालिका पावर कम्पनी,मिर्मिरे लघुवित्त,प्रोग्रसिभ फाइनान्स मिथिला लघुवित्त र सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य समायेजन गरेको हो ।  

नेप्सेले हिमालयन बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३९८.७५, कालिका पावर कम्पनीको ४५०.५३,मिर्मिरे लघुवित्तको १२९५.८३,प्रोग्रसिभ फाइनान्सको ३३१.६८ मिथिला लघुवित्तको १५६७.२ र सेञ्चुरी कमर्सियल बैंकको २२६ रुपैयाँ निर्धारण गरेको छ । 


Share this with your friends: