करेक्सनपश्चात पुनःउकालो लाग्यो बजार, बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा उछाल

2022-01-06
करेक्सनपश्चात पुनःउकालो लाग्यो बजार, बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक २४३.९३ अंकले बढ्दै १२१३९.६५ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ११४.५४ अंकले उकालो लाग्दै १४८६७.१३ बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ६.७४ प्रतिशतले बढ्दै प्रतिकित्ता १८७२५ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य १.०१ प्रतिशतले घट्दै प्रतिकित्ता ५८८ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ४३.२९ अंकले बढ्दे २६९२.४७ बिन्दुको उचाइमा पुग्यो। यो दिन २३८ कम्पनीका ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ३५.०७ अ.कले बढेको आज होटल एण्ड टुरिजम १०७.४७, विकास बैंक ८८.४८, हाइड्रोपावर ७२.२, वित्त २७.४८, अन्य २०.४१, लघुवित्त ५३.०८, म्युचुअल फन्ड ०.१ र लगानी उपसूचक १.६१ अंकले घट्यो। 

व्यापार उपसूचक र उत्पादत तथा प्रशोधन उपसूचकमा आज गिरावट आयो। यी उपसूचकहरु क्रमशः १९.३५ र ५.९८ अंकले घटे। 

आज नेपाल फाइनान्स लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य ९.९९, र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ६.५८ प्रतिशतले बढ्यो। 

आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयूरमूल्य २.१५ प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। अपि पावरको आज १६ करोड ३७ लाख बढीको सेयर कारोबार भयो भने एनआईसी एशिया बैंकको १४ करोड ५२ लाख, नेशनल माइक्रोफाइनान्स १० करोड र गरिमा विकास बैंकको ९ करोड ३३ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: