परिसूचकसँगै कारोबारमा पनि वृद्धि,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-02-01
परिसूचकसँगै कारोबारमा पनि वृद्धि,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज यो उपसूचक ९१.८६ अंकले बढ्दै १३२०२.३६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १३.०६ अंकले घट्दै १६४२१.९८ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य २.६२ प्रतिशतले बढ्दै प्रतिकित्ता ७८२ रुपैयाँ पुग्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज अजोड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य २.०४ प्रतिशतले घट्दै प्रतिकित्ता ७६८ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १९.२६ अंकले बढ्दै २८९१.३० बिन्दुमा पुग्यो। यो दिन बजारमा २२३ कम्पनीका १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ४ वटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ५.३० अंकले बढेको आज विकास बैंक ८१.३९,वित्त ३७.११,हाइड्रोपावर १०९.९४,लगानी ०.११,लघुवित्त ४९.६६ र म्युचुअल फन्ड ०.२४ अंकले बढ्यो। 

आज होटल एण्ड टुरिजम उपसूचक २.६५, उत्पादन तथा प्रशोधन १३.०८ र व्यापार उपसूचक १६.३० अंकले घट्यो। 

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९९,नेशनल हाईड्रो ७.५० र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्य ७.२५ प्रतिशतले बढ्यो। 

आज नेरुडे लुघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ३.१७ प्रतिशतले घट्यो। 

यो दिन नेशनल हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। नेशनल हाइड्रोपावरको आज ३९ करोड १ लाख बढीको सेयर कारोबार भयो। 


Share this with your friends: