नेप्सेद्वारा दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-02-07
नेप्सेद्वारा दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुई बीमासहित तीन  कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ज्योति लाइफ इन्स्योरेन्स र जानकी फाइनान्सको सेयरमूल्य समायेजन गरेको हो ।  

नेप्सेले एलआईसी नेपालको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १९४३.३३ रुपैयाँ,ज्योति लाइफको ६५० रुपैयाँ र जानकी फाइनान्सको ५८८.७८ रुपैयाँ कायम गरेको छ ।  

अघिल्लो एलआईसी नेपालको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३३२ रुपैयाँ,ज्योति लाइफको ७१५ र जानकी फाइनान्सको ६७७.१० रुपैयाँ थियो ।
ज्याति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । एलआईसी नेपालले आर्थिक वर्ष २०७६/७७ का लागि २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । त्यस्तै जानकी फाइनान्सले आर्थिक वर्ष २०७७/७८ का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगल लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 


Share this with your friends: