युक्रेन–रुस युद्धको खतरा बेइजिङ शीतकालीन ओलम्पिकका बीमकहरुका लागि सबैभन्दा ठूलो जोखिम

2022-02-07
युक्रेन–रुस युद्धको खतरा बेइजिङ शीतकालीन ओलम्पिकका बीमकहरुका लागि सबैभन्दा ठूलो जोखिम

काठमाण्डौ । चीनको बेइजिङमा भईरहेको शीतकालीन ओलेम्पिकमा सुरक्षण प्रदान गरिरहेका बीमकहरुका लागि रुस र युक्रेनबीचको युद्धको त्रास सबैभन्दा ठूलो जोखिमको रुपमा देखिएको छ। अन्तराष्ट्रिय बीमा उद्योगका अनुसार दुई देशबीचको बढ्दो तनाबका कारण टिमहरु फिर्ता हुन सक्ने वा सहभागी हुन नसक्ने भएकाले बीमकहरु जोखिममा परेका हुन्। 

खेलकुद जगतको सबैभन्दा ठूलो इभेन्टको रुपमा रहेको ओलम्पिक गेम्स् व्यवसायिक बीमा उद्योगका लागि प्रमुख व्यवसायिक अवसरका साथ–साथै टाउको दुखाईको विषय समेत हुने गर्छ।  

कोरोना महामारीका कारण सन् २०२० मा टोकियो ओलम्पिक रद्द हुँदा बीमकहरुले होटल तथा खेलकुद मैदानहरुको रि–बुकिङका लागि लाखौँ डलर भुक्तानी गरेका थिए।

यस्तोमा अहिले ओलम्पिक आयोजकहरुलाई कोरोना महामारी र रुस–युक्रेनबीचको बढ्दो तनावबीच खेलाडीहरुले ओलिम्पिकबाट आफ्नो नाम फिर्ता गर्न सक्ने चिन्ताले सताएको छ। 

यदि रुस र युक्रेनबीच युद्ध भयो भने सहभागी देशका टिमहरु शीतकालीन ओलम्पिकबाट फिर्ता हुन सक्नेछन्। जसको अर्थ खेलाडी सहभागी नभएका कारण टिम तथा ब्रोडकास्टरहरुले बीमकहरु समक्ष दाबी गर्नु हो। 

यसर्थ बेइजिङ ओलम्पिकमा संलग्न बीमकहरुले आफुहरुलाई सबैभन्दा ठूलो क्रास राजनितीक जोखिमको भएको र युक्रेन मामिलालाई आफुहरुले नजिकबाट नियालिरहेको बताएका छन्। उनीहरुले खेललाई बाधा पुग्ने कुनैपनि अप्रिय घटना नहोस् भन्ने अपेक्षा समेत राखेको बताएका छन्। 
सन् २०१६ मा ब्राजिलको रियोमा भएको गिष्मकालिन ओलम्पिकमा जिका भाइरस र सन् २०१८ मा दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिकमा युद्धको भय आँकलन गरिएको थियो। तर अन्त्यमा यी दुवै इभेन्टहरु बिना अवरोध सम्पन्न भएका थिए। 

विश्लेषकहरुले ग्रिष्मकालीन ओलम्पिकका लागि ३ बिलियन डलरबराबरको बीमा सुरक्षा प्रदान गरिने आकलन गरेका छन्। 

अन्तराष्ट्रिय ओलम्पिक कमिटि(आईओसी)ले प्रत्येक ग्रिष्मकालीन ओलम्पिकका लागि ८ सय मिलियन डलरबराबरको बीमा सुरक्षा प्रदान गर्ने गर्दछ। तर शीतकालीन ओलम्पिक ग्रिष्मकालीनभन्दा सानो इभेन्ट भएकाले कम बीमा सुरक्षा आवश्यक पर्ने जनाइएको छ। 

इभेन्ट रद्द तथा दंगा,आन्दोलन जस्ता जोखिमहरु अन्य सरोकारवालहरु जस्तै स्थानीय आयोजक कमिटी,राष्ट्रिय ओलम्पिक कमिटी र ब्रोडकास्टरहरुले समेत खरिद गर्ने गर्छन। 

जर्मन बीमक एलियान्जले आईओसीसँग सन् २०२८ सम्मका लागि स्पोन्सरसीप सम्झौता गरेको छ र बेइजिङ शीतकालीन ओलम्पिकमा अग्रेणी बीमकका रुपमा देखिन सक्ने बताइएको छ।  

 


Share this with your friends: