सेबोनद्वारा दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

2022-03-24
सेबोनद्वारा दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एक हाइड्रो र एक लघुवित्त कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले रिभर फल्स पावर लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । 

रिभर फल्सले ३४ लाख ३० हजार कित्ता र सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएका हुन् । 
रिभर फल्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड र सीवाईसी नेपालको ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेका छन् । 


Share this with your friends: