सेबोनद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

2022-05-05
सेबोनद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले वैशाख २२ गते कम्पनीलाई २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो । 

निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।      


Share this with your friends: