फिलिपिन्समा लघुबीमा गर्नेको संख्यामा उछाल

2020-10-14
फिलिपिन्समा लघुबीमा गर्नेको संख्यामा उछाल

काठमाण्डौ । फिलिपिन्समा लघु बीमा गर्नेको संख्या वृद्धि भएको छ। फिलिपिन्सको इन्स्योरेन्स कमिसन(आईसी)ले प्रकाशित गरेको पहिलो त्रैमासको रिपोर्टमा यो वर्षको मार्च महिनासम्म करिब ४ करोड ८२ लाख २० हजार फिलिपिनी नागरिकले लघु बीमा गरेको जनाइएको छ। 

आईसीका प्रमुख डेनिस फुनाले सन् २०१९ को मार्च ३१ सम्म ३ करोड ७४ लाख १० हजार मानिसले लघु बीमा गरेकोमा यो वर्ष यो संख्या २८.८९ प्रतिशतले बताएका हुन्। फुनाले लघु बीमा क्षेत्रमा म्युचुअल बेनिफिट असोसियसन(एमबीए)ले २ करोड ७१ लाख बीमितका साथ सबैभन्दा ठूलो मार्केट प्लेयरको रुपमा भुमिका खेलेको बताएका छन्। 

एमबीएले यो वर्षको पहिलो त्रैमासमा कुल १.०८ बिलियन फिलिपिनो पेसो(२२ मिलियन डलर) लघुबीमा प्रिमियम संकलन गरेको छ। जुन समग्र उद्योगको ५४.५ प्रतिशत हो।
यसक्रममा सन् २०२० को मार्च ३१ सम्म १ करोड ३३ लाख ५० हजार नागरिकले जीवन बीमा बीमकमार्फत लघुबीमा गराएका छन्। यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा २४.६७ प्रतिशत धेरै हो। 

यसका साथै यो वर्षको पहिलो त्रैमासमा फिलिपिन्सको जीवन बीमा क्षेत्र ६.५४ प्रतिशत धेरै अर्थात ६४८.१५ मिलियन पेसो लघुबीमा प्रिमियम संकलन गर्न सफल भएका छन्। 

 

 

 


Share this with your friends: