आँखुखोला जलविद्युतद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

2022-06-02
आँखुखोला जलविद्युतद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो । बैठकले यी दुवै सभाहरु आगामी असार १२ गते आइतबार नयाँ बानेश्वर थापागाँउमा रहेको अर्वण ब्यांङक्वेटमा बिहान ११ बजे अयोजना गर्ने निर्णय गरेको छ ।   

उक्त सभामा सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी एक जना महिला र संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्नेगरी ४ जना सञ्चालकको चयन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।   

       


Share this with your friends: