दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने लक्ष्यमा इन्डोनेशियाली कम्पनी

2021-01-25
दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने लक्ष्यमा इन्डोनेशियाली कम्पनी

काठमाण्डौ । इन्डोनेशियाली सरकारको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनी इन्डोनेशिया रिले इक्वीटीको आधारमा दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने लक्ष्य बनाएको छ। यो महत्वाकांक्षि लक्ष्य पुरा गर्न कम्पनीले रोडम्याप तयार गर्ने तयारी गरेको छ। 

रिपोर्टका अनुसार इन्डोनेशिया रिका प्रमुख निर्देशक कोकु ए हुतागालुङले दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने लक्ष्य पुरा गर्नका लागि कम्पनीले १०७ देखि १४३ मिलियन अमेरिकी डलरको अतिरिक्त पूँजी लगानी गर्ने योजना बनाएको बताएका छन्। 

यसका अलावा कम्पनीले आफ्नो सेवामुखी सूचना प्रविधि प्रणालीलाई अपडेट गर्ने भएको छ। सेवा प्रदान गर्दा रफ्तार र सटिकतालाई नजरअन्दाज गर्न नसकिने भएकाले यसो गर्न लागिएको कम्पनीले जनाएको छ।  

“उच्च गुणस्तरका मानव संसाधनबाट सर्मथित ठूलो पूँजी प्रतिवद्धता र अत्याधुनिक सूचना प्रविधि प्रणालीका साथ इन्डोनेशिया रि अन्तराष्ट्रिय स्तरको विश्वासिलो सुरक्षा र पुनर्बीमा सेवा प्रदान गर्न तयार रहेको छ।” हुतागालुङले आफ्नो वक्तव्यमा भनेका छन्। 

इन्डोनेशिया रिले यसअघि सन् २०१६ मा ९०० बिलियन इन्डोनेशियन रुफिया बराबरको म्यानडेटरी कन्भटीबल बोन्ड निष्कासन गर्न सफल भएको थियो। यो कदम कम्पनीको क्षमता अभिवृद्धि गर्न र उच्च पुनर्बीमा प्रिमियम घटाउन सहयोग पुर्याउन चालिएको थियो। 

दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्न चाल्नु पर्ने अर्काे कदमको रुपमा एएम वेष्ट(बीमा उद्योगलाई रेटिङ प्रदान गर्ने अन्तराष्ट्रिय एजेन्सी) ए रेटिङ प्राप्त गर्नु रहेको निर्देशक हुतागालुङले बताएका छन्। 

 


Share this with your friends: