करेक्सनसँगै साताको अन्त्य, बीमातर्फ आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

2021-02-11
करेक्सनसँगै साताको अन्त्य, बीमातर्फ आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक २१४.३९ अंकले घट्दै १८२९८.५३ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूहको उपसूचक पनि २०७.२२ अंकले ओरालो लाग्दै १३०४३.९० को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ७.६० प्रतिशतले घट्दै प्रतिकित्ता ११ सय १८ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज बजारमा दोहोरो अंकको करेक्सन आएको छ। आज नेप्से परिसूचक १६.११ अंकले घट्दै २५२६.९२ को बिन्दुमा झर्यो। यो दिन बजारमा २०६ कम्पनीका १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता सेयर ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ००३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा समूहको उपसूचक मात्रै उकालो लागे। बैंकिङ समूह १०.७९ अंकले बढेको आज विकास बैंक २०.१४ र म्युचुल फन्ड ०.०३ अंकले बढे। आज व्यापार समूह ४०.५९ अंकले घट्यो भने होटल ४२.८५, हाइड्रो २५.५८, वित्त १८.४६, उत्पादन तथा प्रशोधन १०९.८५, अन्य २२.०८ र लघुवित्त १२८.०५ अंकले घटे। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले बढ्दै प्रतिकित्ता १८८ रुपैयाँ कायम भयो। त्यस्तै आज लुम्बिीनी विकास बैंकको सेयरमूल्य ४ प्रतिशत, ज्योति विकास बैंक ३.९८, अरुण भ्याली हाइड्रोपावर ३.५६, गोर्खाज फाइनान्सको सेयरमूल्य ३.४१ प्रतिशतले बढ्यो। 

आज सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्दै नेगेटिभ सक्रिट लाग्यो। त्यस्तै आज डिप्रोक्स लघुवित्तको सेयरमूल्य पनि ९.९९ प्रतिशतले घट्दै नेगेटिभ सक्रिट लाग्यो। 

यो दिन डिप्रोक्स लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ५६ करोड ६३ लाख बढीको सेयर कारोबार भयो। यसैगरी नविल बैंकको ३८ करोड ४० लाख, कुमारी बैंक ३२ करोड ३३ लाख, प्रभु बैंक ३० करोड ३० लाख र ग्लोबल आइएमई बैंकको २७ करोड ८२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: