अजोड इन्स्योरेन्सद्धारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बीमा

2020-08-09
अजोड इन्स्योरेन्सद्धारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बीमा

काठमाण्डौ । अजोड इन्स्योरेन्स लि.द्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.का कर्मचारीहरुको कोरोना भाईरस  बीमालेख जारी गरेको छ ।

हिजो बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १,२५७ जना कर्मचारीहरुका लागि रु.१००,०००।०० बीमाड्ढको बीमालेख खरिद गरेको हो । 

सो बीमालेखले कोरोना भाईरस (कोभिड š१९) को संक्रमण  पुष्टि हुंनासाथ बीमाड्ढ रकम बराबरको रु.१००,०००।०० बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बीमालेख वापत भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.ले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति रु.६००।०० का दरले रु.७५४,२००।०० बीमाशुल्क भुक्तानी गरेको बताइएको छ ।

साथै अजोड इन्स्योरेन्स लि.ले महुली लघुवित्त वित्तिय संस्था लि. का २१२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति रु.१००,०००।०० बीमाड्ढको कोराना बीमालेख जारी गरेको जनाएको छ ।


Share this with your friends: